दोश्रो वान डेमा इंग्ल्याण्डसँग २४ रनले पराजित भयो अस्ट्रेलिया

काठमाडौं । वान डे सिरिजको दोश्रो खेलमा अस्ट्रेलिया पराजित भएको छ । इंग्ल्याण्डसँगको खेलमा २४ रनले अस्ट्रेलिया पराजित भएको हो ।

योसँगै अस्ट्रेलिया र इंग्ल्याण्डले एक एक खेल जित्दै सिरिजमा बराबरी गरेका छन् । अब सिरिजको अन्तिम खेल दुबै टिमका लागि महत्वपूर्ण लडाई हुनेछ ।

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा २३२ रनको लक्ष्य प्रश्तुत गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित ओभर नसकिँदै ४८.४ ओभरमा अल आउट भएर जम्मा २०७ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?