वैज्ञानिकले सार्वजनिक गरे कोरोना भाइरसबाट संक्रमित कोशिकाहरुको डरलाग्दो तस्वीर

काठमाडौं । अमेरिकाको नर्थ क्यारोलिनामा स्थित यूएनसी स्कूल अफ मेडिसिन ल्याबोरेटरीले कोरोना भाइरसको असर सम्बन्धित केही तस्वीर सार्वजनिक गरेको छ ।

यो तस्वीरबाट फोक्सोको भित्र प्रत्येक कोशिकामा कति भाइरसपार्टिकल बनिरहेको छ थाहा हुन्छ । यो तस्वीर ल्याबमा तयार पारिएको श्वासन तन्त्रको कोशिकाहरुमा कोरोना संक्रमणको स्थिती बताउँछ ।

यो हाई पावर माइक्रोस्कोपिक तस्वीर मानव श्वासन तन्त्रको सतहमा ठूलो संख्यामा रहेका भाइरस पार्टिकललाई दर्शाउँछ । जसले अन्य टिश्यूलाई संक्रमित गर्न र अन्य मानिससम्म फैलाउनका लागि तयार भएको छ ।

न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा यो तस्वीर प्रकाशित भएको छ । वैज्ञानिकले यो तस्वीर वायुमार्गाट कोरोना भाइरस कति गम्भीर हुन्छ भन्ने कुरा देखाउन सार्वजनिक गरेका हुन् ।

यो तस्वीरबाट संक्रमणको गम्भीरतालाई सहजै सम्झिन सकिन्छ । यो तस्वीर यूएनसीमा सहायक प्राफेसर क्यामिल अहरले केहि अन्य प्रयोगशालाको सहयोगमा विकसित गरेका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?