विश्वमा कोरोना संक्रमितको नयाँ रेकर्ड : आईतवार हालसम्मकै धेरै संक्रमित थपिए

विश्वमा कोरोना संक्रमितको नयाँ रेकर्ड आईतवार हालसम्मकै धेरै संक्रमित थपिएकाठमाडौं ।कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो ने हजारौँको संख्यामा मृत्यु भईसकेको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।

यसैबीच अहिलेसम्म कोरानो भाइरसका कारण विश्वमा ९ लाख २८ हजार २६५ जनाको मृत्यु भएको छ भने २ करोड ९१ लाख ८० हजार ९०५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड १० लाख २६ हजार ७७६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६० हजार ४६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Corona Virus Latest Updates

 

विश्वमा हिजो (आईतवार) एकैदिन अर्थात् पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९३० जनालाई संक्रमण भएको छ । यो एकैदिनमा थपिएका अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।

यो भन्दा पहिला ६ सेप्टेम्बरमा ३ लाख ६ हजार ८५७ जना संक्रमित फेला परेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?