कोरोना संक्रमितका हिसाबले शीर्ष स्थानमा रहेका यी ५ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख २६ हजार ८ सय २४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९० लाख ९५ हजार ९ सय १७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ९ लाख ४२ हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९८ हजार २ सय ८९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६६ लाख ९४ हजार ४ सय ८६ पुगेको छ । हालसम्म ३९ लाख ५९ हजार २ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ३ सय ६६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७९ हजार ६ सय ९० पुगेको छ । बितेको २४ घण्टामा ८६ हजार १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख ३७ हजार ९ सय ५२ पुगेको छ । हालसम्म ३७ लाख ६७ हजार ५ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ७६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ३ हजार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४३ लाख १९ हजार १ सय ४ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३१ हजार ४ सय ८ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३५ लाख ५३ हजार ४ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण १ सय ३४ जनाको ज्यान गएको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ५ सय ७८ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएको र ९४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ६२ हजार ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ७६ हजार २ सय २५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

पेरुमा हालसम्म पेरुमा ३० हजार ५ सय ९३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख २२ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ५९ हजार ३ सय २१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ६३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?