विश्वभर २ करोड ९ लाख बढीले जिते कोरोना संक्रमण, कति पुगे मृतक ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख २६ हजार ८ सय २४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ९० लाख ९५ हजार ९ सय १७ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड ९ लाख ४२ हजार ७ सय १७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय २१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?