स्याङ्जामा ४ वटा बन्दुकसहित २ जना पक्राउ

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रिडाँडाबाट ४ वटा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झग्रिडाँडा बस्ने ६९ बर्षिय भिम बहादुर ठकुरी र ६० बर्षिय ओम बहादुर हमाल छन् । भिम बहादुरको साथबाट प्रहरीले ईजाजत पत्र नभएको एउटा भरुवा बन्दुक र एकथान बाह्रबोर बन्दुक बरामद गरेको छ । बाह्रबोर बन्दुक घातक हतियार हो, जुन नेपाल प्रहरीले प्रयोग गरिरहेको छ ।

ओम बहादुरको साथबाट प्रहरीले दुईवटा एकनाले भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकमा लाग्ने टोटा, गोली र छर्रा पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?