९ कक्षामा अध्ययनरत एक विद्यार्थीद्वारा दलित परिवारलाई राहत वितरण

काठमाडौं । आर्थिक रुपमा विपन्न दलित परिवारलाई बूढानीलकण्ठ स्कुलमा अध्ययनरत एक विद्यार्थीले राहत वितरण गरेका छन् । कक्षा ९ मा अध्ययनरत विपिन तिमिल्सिनाले नुवाकोटबाट विस्थापित भई काठमाडौं आएका र आर्थिक अवस्था कमजोर भएका १० दलित परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

तिमिल्सिनाले नुवाकोट क्षेत्र नम्वर १ का सांसद हितबहादुर तामाङको सिफारिसमा आफ्ना आफन्तहरुबाट पैसा उठाएर ती परिवारलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरेका हुन् । पुख्र्यौली आरन पेशाबाट जिविकोपार्जन नभएपछि रोजगारीको खोजीमा काठमाडौं आएका र कोभिडका कारण रोजगारी नपाएपछि टोखामा छाप्रो हालेर बसेका उनीहरुलाई राहत प्रदान गरिएको हो ।

सुमित्रा, अनिल, समिर र विमला विकका समान तीनरतीन, तिलक विकका ४ जना परिवार तथा धनमाया विकका २ जनासहित १० परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

आफूले प्रति परिवारलाई दुईरदुई महिना पुग्ने गरी खाद्य सामग्री उपलब्ध गराएको तिमिल्सिनाले जानकारी दिए । राहत सामग्री उपलब्ध गराईएका दलितका छोराछोरीको पठनपाठनका लागि उनले स्टेशनरी सामग्री पनि उपलब्ध गराउने जानकारी दिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?