काठमाडौं । शान्ति सेनामा जान ठिक्क परेका सैनिकहरुमा कोरोना देखिएपछि.काठमाडौं । शान्ति सेनामा जान तयारी अवस्थामा रहेका नेपाली सेनाका केही जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाली सेनाका अनुसार संयुक्त राष्ट्र संघको आह्वानमा युएनएसएमआईएल मिसनमा तैनाथ फौजलाई बदली गर्नका लागि सोमबार लिविया जान लागेका केही जवानहरुमा कोरोना पुष्टि भएको हो । योसँगै भोलिका लागि तय भएको रोटेशन फ्लाइट स्थगित गरिएको छ ।
कभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम गरी क्वारेन्टिनमा रहेका मध्य उडानपूर्व गरिएका परीक्षणमा केहीमा संक्रमण पुष्टि भएको हो । पोजेटिभ देखिएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सबैको पुनः स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले उडान स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया