नेपालमा ओपो ए५३ सार्वजनिक गर्ने तयारी

काठमाडौं । ओपोले नेपालमा आफ्नो ए सिरिजका फोन्स अन्तर्गत ओपो ए५३ सार्वजनिक गर्ने तयारी गरेको छ । तिव्र र सहज कार्य प्रदर्शनीका लागि विशेष डिजाइन गरिएको ए५३ले प्रयोगकर्ता तथा तिनका मित्रजनलाई तिब्र सञ्चार र मनोरञ्जनमा पहुँच बनाउने सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ ।

९०एचजेड रिफ्रेश रेट सहितको ओपो ए५३ले ९० एचजेड नियो-डिस्प्ले मार्फत प्रयोगकर्तालाई अदृतिय र सहज दृष्यानुभव प्रदान गर्छ । थ्रीडी( कभ्र्ड ईरिडसेन्ट वेभ डिजाइन सहितको ए५३मा प्रयोगतकर्तालाई निरन्तर प्रयोगमा सहजताका लागि ५ हजार एमएएच क्षमताको ब्याट्री १८वाट फास्ट चार्ज सहित उपलब्ध गरिएको छ । साथै यसमा रहेको क्वालकमको अत्याधुनिक ओक्टा-कोर प्रोशेसर र ओपोकै पहिलो ¥याम+मेमोरी अप्टिमाइजेशनले समग्र तिब्र कार्य क्षमता प्रदर्शित गर्ने कम्पनीले जनाएको छ ।

‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘यसमा रहेको ९०एचजेड नियो-डिस्प्लेले हाल फ्ल्यागशिप फोन्समा मात्र उपलब्ध सुविधाहरु पनि प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ । तिनका दैनिक सञ्चार तथा मनोरञ्जन लगायतका आवश्यकतालाई दृष्टिगत गर्दै यसमा लामो समय सम्म टिक्ने ब्याट्री, तिब्र कार्य प्रदर्शनी क्षमता र सुदृढ प्रयोग अनुभव प्रदान गर्ने फिचर्सहरु उपलब्ध गरिएका छन् ।’

साथै, ओपो ए५३मा रहेको सुपर पावर सेभिङ मोडले मात्र ५% ब्याट्री बाँकी रहेको अवस्थामा समेत विभिन्न पावर सेभिङ उपायहरु मार्फत ब्याट्री बचत गर्ने क्षमता राख्छ । त्यसैगरी स्लिप स्ट्यान्डबाई अप्टिमाइजेशनले रातको समयमा मात्र २ प्रतिशत ब्याट्री खपत गर्दै ८ घण्टा सम्मको स्ट्याण्डबाई टाइम उपलब्ध गराउँछ ।
तिब्र कार्य क्षमताको सुनिश्चितताका लागि ए५३मा क्वालकमको स्न्यापड्रागन ओक्टा-कोर ४६० प्रोशेसरको ब्यवस्था गरिएको छ । यसमा यूएफएस २.१मा आधारित ४ जीबी एलपीडीडीआर४एक्स -याम स्टोरेज दिइएको छ । साथै यसमा रहेको थ्री-कार्ड स्लोट मार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार अतिरिक्त सञ्चय क्षमतालाई २५६जीबी सम्म बढाउन सक्ने सुविधापनि दिइएको छ ।

ओपो ए५३को ६.५ ईञ्चको एचडी+ स्क्रिनमा कम्पनीले सिंगल पञ्च होल डिजाइन दिइएको छ । यसले फोनलाई आकर्षक देखाउनुका साथै आँखालाई सुरक्षापनि प्रदान गर्छ । यसमा रहेको एआई ब्राइटनेसले प्रयोगकर्ताका पछिल्ला ब्राइटनेस प्रिफरेन्सका आधारमा फोनको ब्याकलाइटलाई समायोजन गर्ने क्षमता राख्छ ।
प्रयोगकर्ताको अनुभवलाई नयाँ उचाई प्रदान गर्ने सोचका साथ ए५३मा कम्पनीले डि¥याक २.० (स्टेट अफ आर्ट डिजिटल साउन्ड करेक्शन प्रविधि) सुसज्जित एक जोडी सुपर डुअल स्पिकर्सपनि उपलब्ध गराएको छ । यसले गेमिङ, संगीत तथा चलचित्र हेर्दा प्रयोगकर्तालाई थप विशिष्ट अनुभव प्रदान गर्छ । फोन अनलक गर्ने कार्यलाई अझ सहज र स्टाइलिस्ट बनाउन फोनको ब्याक कभरमा ब्याक फिंगरप्रिन्ट सेन्सरको समायोजन गरिएको छ ।

१६एमपी फ्रन्ट क्यामेरा र ईन्टेलिजेन्ट ब्यूटिफिकेशन अल्गोरिथम्स सहितको ओपो ए५३ले प्रयोगकर्तालाई वातावरण, स्किन टोन वा प्रकाशको प्रकृतिको चिन्ता विना प्राकृतिक देखिने सेल्फी खिच्न सघाउँछ । साथै, यसमा फ्रन्ट क्यामेरा एआई ब्यूटिफिकेशन, फ्रन्ट क्यामेरा स्मार्ट टच(अप र फ्रन्ट क्यामेरा कस्टमाइज्ड ब्यूटिफिकेशन लगायत फिचर्सपनि दिइएको छ ।

ओपो ए५३को पछिल्तिर १३ एमपी मेन क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सहितको १३एमपी एआई ट्रिपल क्यामेराको सेटअप दिइएको छ । यसमा रहेको २एमपी माक्रो क्यामेरा मार्पmत प्रयोगकर्ताले ४ सीएम सम्म नजिकको बस्तुमा जुम गर्दै डिटेल्सलाई तस्विरमा कैद गर्न सक्छन् । यो ट्रिपल क्यामेरा सेटअपलाई अझ सटिक र उपयोगी बनाउने सोचका साथ यसमा पोट्रेट बोके, ड्याजल कलर मोडका साथै एक दर्जन भन्दा बढी स्टाइलिश फिल्टर्सपनि उपलब्ध गरिएको छ । यिनको प्रयोग दैनिक फोटोग्राफ्स तथा भिडियोज्लाई अझ आकर्षक बनाउन सघाउँछ ।

यसमा म्यूजिक पार्टी, मल्टि यूजर मोड, आइकन पूल डाउन गेस्चर, सिम्पल मोड लगायत सुविधा प्रदान गर्ने कलर ओएस ७.२ सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

बजार उपलब्धता

कम्पनीले ओपो ए५३लाई यही सेप्टेम्बर महिना भित्र सार्वजनिक गर्ने योजना बनाएको छ । फोन फ्यान्सि ब्ल्यू र ईलेक्ट्रिक ब्ल्याक गरी दूई भिन्न रंगमा उपलब्ध गरिने जानकारी दिइएको छ । फोनलाई ४जीबी मेमोरी र ६४जीबी सञ्चाय क्षमताका साथमा सार्वजनिक गरिने सम्भावना अधिक रहेको छ । फोनको मूल्यका बारेमा भने तत्काल जानकारी दिइएको छैन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?