काठमाडौं । प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा युभेन्टसले नोभारालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।
आईतबार दिउँसो भएको खेलमा युभेन्टसले नोभारालाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २० औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा मेरिह डेमिरलले युभेन्टसको अग्रता दोब्बर बनाए । मार्को पजाकाले ६६ औं मिनेटमा युभेन्टसका लागि तेस्रो गोल गरे ।

अन्तिम मिनेटमा मनोलो पोर्टानोवाले गोल गर्दै युभेन्टसलाई ४–० ले अघि बढाएका थिए । इन्जुरी समयमा पोर्टानोवभाले दोस्रो गोल गरे र युभेन्टसलाई फराकिलो जित दिलाए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया