काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् ।

उनमा गत भदौ १५ गते कोरोना पुष्टि भएको थियो । उनको आजको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै कोरोना मुक्त भएका हुन् ।

उनको श्रीमतीमा ज्वरो लगायतका समस्या देखिएपछि चेक जाँचको क्रममा पीसीआर परीक्षण गर्दा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनी सोल्टी होटलमा आइसोलेसनमा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?