काठमाडौं । एउटै स्वाबको विभिन्न ४ अस्पतालमा परीक्षण गर्दा नतिजा फरक फरक आएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले त्यसबारे छानबिन गर्ने बताएका छन् । उनले भने, “हामीलाई उक्त सूचना प्राप्त भएसँगै त्यसको जाँचपडताल शुरु गरिसकेका छौँ ।”
“पीसीआर जाँच ४ वटा अस्पतालमा गर्दा फरक फरक नतिजा आएको भन्ने कुरा हामीलाई सूचना प्राप्त भएको छ, गुनासो प्राप्त भएको छ । त्यसको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त कुरा के भएको हो भन्नेबारे यसको जाँच पडताल शुरु गरीसकेको सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीमा जानकारी गराउन चाहन्छु ।” उनले भने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया