व्यावहारिक भएर न्याय सम्पादन गर्न मुख्यमन्त्रीको आग्रह

हेटौंडा २४ फागुन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायमा गठित न्यायिक समितिका पदाधिकारीलाई निष्पक्ष, व्यावहारिक र विवेकशील भएर न्याय सम्पादन गर्न आग्रह गरेका छन् ।जिल्ला समन्वय समिति मकवानपुरद्वारा आज आयोजित स्थानीय तहका उपप्रमुख सम्मिलित न्यायिक समितिका पदाधिकारीका लागि आयोजित तीनदिने कानुनी प्रशिक्षणको उद्घाटन गर्दै उन्ल्ले जनताको हितमा फैसला गर्दा संघीयताप्रति जनआस्था वृद्धि हुनेतर्फ सबैको ध्यानाकर्षण गरे ।पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी र पूर्वन्यायाधीश समाजका महासचिव शम्भुबहादुर खड्का, प्रजिअ चक्रबहादुर बुढा र जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले फैसला गर्दा अनुचित लाभबाट विमुख हुनुपर्ने बताए ।तीन दिनसम्म चल्ने प्रशिक्षणमा जिल्लाका दश गाउँपालिकाका उपप्रमुख, कानुन व्यवसायी र सरकारी कर्मचारीसहित ४० प्रतिनिधिको सहभागिता छ ।यसैबीच मुख्यमन्त्री पौडेलले महिलाहरूले आफ्नो समृद्धिका लागि दलगत स्वार्थ भन्दामाथि उठेर रचनात्मक कार्यका साथ अगाडि बढ्नुपर्ने औँल्याएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले चालीस ऐनकानुन तर्जुमा गर्न लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?