नेपालमा कोरोना अपडेट : जिल्लागत विवरणसहित हेर्नुहोस् – कहाँ कति थपिए संक्रमित ?

काठमाडौं – नेपालमा कोरोना भाइरस ‘कोभिड-  १९’ संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ३ जना महिला र ६ जना पुरुष गरी ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

काठमाडौंमा मात्रै कोरोना संक्रमणबाट २ जना महिलासहित ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए। मन्त्रालयका अनुसार ६५/६५ वर्षिया दुई जना महिला र ५९, ७०, ६४ र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा ६९ र सिन्धुपाल्चोकमा ५९ वर्षिय पुरुष र कास्कीमा ४५ वर्षिया महिलाको कारोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार १ सय ६५ वटा पीसीआर परीक्षण भएकोमा आज ३ सय ६४ महिला र ६७४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ४ सय ८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमित Active case को संख्या १५ हजार १ सय १७ रहेको छ ।

प्रदेश नम्बर १ मा ३ सय १५, प्रदेश नम्बर २ मा ८ सय १२, बाग्मती प्रदेशमा ४ हजार १३ र गण्डकी प्रदेशमा ७ सय ७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय १७, कर्णाली प्रदेशमा २ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ सय ७० गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना संक्रमित उपचाररत रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७६, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३५, बागमती प्रदेशमा ३ हजार ७ सय ५० र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १३, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३७ जना गरी देशभरी ७ हजार ३ सय ३७ जना रहेका छन । यस्तै आइसियुमा १ सय ६९ र भेन्टिलेटरमा २३ जना संक्रमित उपचाररत रहेका छन् ।

आज १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ४ सय ४१, प्रदेश नम्बर २ मा १० हजार ८ सय ३१, बाग्मती प्रदेशमा ७ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा २ हजार २ य १८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ४ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ७१ जना गरी देशभरी ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन ।

आज क्वारेन्टाईनमा ६ हजार ५ सय ३६ जना छन् ।

यसैबीच, सरकारले पीसीआर परीक्षणको शुल्क घटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार अब सबै शुल्क गरेर अधिकतम २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न सकिने भएको हो । यस्तै विभिन्न चारवटा अस्पतालमा परीक्षण रिपोर्ट फरक फरक आएको विषयमा अनुसन्धान सुरु भएको पनि उनले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको यो विवरण हेर्नुहोस् पछिल्लो २४ घण्टामा कहाँ कति थपिए संक्रमित ? 

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?