शेयर कारोबार पुनः सञ्चालनमा

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) व्यवस्थापन प्रणालीमा समस्या देखिएपछि बन्द भएको शेयर कारोबार पुनः सञ्चालनमा आएको छ।

नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आएपछि आज करिब ३ घण्टा कारोबार बन्द गरिएको थियो ।

टिएमएसमा समस्या आएपछि बन्द भएको कारोबार २ १५ बाट पुनः सञ्चालनमा ल्याइएको नेप्सेले जनाएको छ । पछिल्लो समय टिएमएसमा समस्या देखिइरहेको छ ।

बन्द भएको समय भुक्तानीको लागि आइतबारको शेयर कारोबार साँझ सवाँ ५ बजेसम्म खुला गर्ने नेप्सेले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?