ईरान कोरोना भ्याक्सीनको ह्यूमन ट्रायल शुरु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले दैनिक हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु यसबाट संक्रमित बनिरहेका छन् ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म् विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

वैज्ञानिकहरु यसविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच ईरानले आफ्नो कोरोनाविरुद्धको भ्याक्सीनको ह्यूमन ट्रायल शुरु गरेको छ । जनावरमा ट्रायल सफल भएपछि ह्यूमन ट्रायल शुरु गरेको हो ।

ईरान यूनिभर्सिटी अफ मेडिकल साइन्सका डील जलील कूपायेजादेहले यो जानकारी दिएका हुन् । उनले ह्यूमन ट्रायलमा पनि सफलता पाउने आशा राखेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?