भारततर्फ लैजाँदै गरेको ३०९ किलो गाँजासहित ओसारपसारमा संलग्न ट्रक प्रहरी नियन्त्रणमा

सर्लाही । सर्लाहीको ग्रामिण इलाका हुँदै अवैध रुपमा भारततर्फ लगिँदै गरेको गाँजासहितको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले गएराति पर्सा गाउँपालिका वडा नम्बर ५ स्थित डोमोवा टोलमा रहेको चिरान मिलस्थित सडकबाट ना४ख ७७४८ नम्बरको ट्रकबाट ३०९ किलो गाँजा बरामद गरेको हो ।

रातिको समयमा सो ट्रकलाई चेकजाँच गर्ने क्रममा चालक फरार भएको र ट्रकको ढाला चेकजाँच गर्दा ११ वटा पोकामा सो परिमाणको लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीले ट्रक चालकलगायत लागु औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको पहिचान तथा खोजतलास लगायतको अन्य थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?