कोरोना भाइरस चीनले नै बनाएको वैज्ञानिकको दाबी ! (भिडियोसहित)

काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले जताततै व्याप्त छ । कोरोनाका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

Coronavirus

कोरोनाविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

Coronavirus

यसैबीच चीनबाट डराएर अमेरिका भागेकी एक भायरोलोजिस्टले कोरोना संक्रमण चीनले नै बनाएको दाबी गरेकी छन् । चीनले कोरोना बनाएर महामारी लुकाउने प्रयास गरेको उनले बताएकी छन् ।

डा. ली मेंग उनले आफूसँग त्यसको पर्याप्त प्रमाण रहेको समेत बताएकी छन् । जसबाट कोरोना संक्रमण चीनले नै बनाएको साबित हुन्छ ।

Coronavirus

उनले यो भाइरस चीनमा र मानिसले नै बनाएको प्रमाण आफूसँग रहेको बताएकी छन् । उनी हङकङको यूनिभर्सिटीमा रिसर्चरको काम गरिरहेकी थिइन् ।

जब उनले भाइरसमाथि स्टडी शुरु गरिन् तब उनीमाथि विभिन्न हमला हुन थाल्यो । डेली मेलको रिपोर्टका अनुसार आफ्नो जीवनलाई लिएर खतरा महशुस गरेपछि उनी त्यहाँबाट भागेर अमेरिका गएको बताइएको छ ।

Coronavirus

उनी अहिले अमेरिकाको सिक्रेट ठाउँमा बसिरहेको बताइएको छ ।

चीन सरकारले उनीसँग जोडिएका सबै जानकारी सरकारी डेटाबेसबाट डिलिट गरिदिएको उनले बताएकी छन् ।

उनले वुहान ल्याबमै कोरोना भाइरस बनाएको दाबी गरेकी छन् । तर चीनले भने यो आरोप बारम्बार अस्विकार गरिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?