फेरि नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या, कारोबार रोक्का

काठमाडौं । आज शेयर कारोबार शुरु भएको केही समयमा नै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) व्यवस्थापन प्रणालीमा समस्या देखिएको छ ।

पछिल्लो समय नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या देखिइरहेको छ । गत बिहीवार पनि व्यवस्थापन प्रणालीमा समस्या देखिएसँगै कारोबार बन्द भएको थियो ।

बिहीबार दुई घण्टा कारोबार अवरुद्ध भएपछि साँझ ५ बजेसम्म कारोबार गराइएको थियो ।

आज पनि नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या देखिएसँगै कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।

कारोवारमा केही समस्या आएका कारण हाल कारोबार रोक्का राखिएको छ ।

समस्या समाधानको प्रयास भइरहेको र कति समयमा समाधान हुन्छ भन्न नसकिने नेप्सेले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?