काठमाडौं । चीन लगातार आफ्नो अन्तरिक्षा मिशनमाथि जोड दिईरहेको छ ।

शनिवार मात्रै चीनले आफ्नो रिमोट सेन्सिंग स्याटेलाइट जिलिन एक गोफेन ०२ सी लञ्च गरेको थियो । तर अन्तरिक्षमा पुग्न अगाडि नै खसेपछि चीनलाई गम्भीर धक्का लागेको हो ।

यो स्याटेलाइट स्थानीय समयानुसार शनिवार दोश्रो प्रहरको एक बजेर दुई मिनेटमा जिकुआन उपग्रहको प्रक्षेपण केन्द्रबाट लञ्च गरिएको थियो ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार रकेटको असामान्य प्रदर्शनको कारण यो अभियान असफल भएको बताइएको छ । रिपोर्टका अनुसार यसको विफलताको सटिक कारणको जाँच भईरहेको छ ।

सोमवार खसेको थियो चिनियाँ रकेटको बूस्टर
यो भन्दा पहिला गएको सोमवार एक स्याटेलाइट लञ्चिङको समयमा ठूलो दुर्घटना हुनबाट बचेको थियो ।

अर्थ अब्जर्भेशन स्याटेलाइट गफन ११ लञ्चिङको समयमा रकेटको बूस्टर अचानक आकाशबाट एक स्कूलको नजिक खसेको थियो । तर केहि नोक्शान नभएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया