काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ महामारीका कारण विश्व आक्रान्त छ । भाइरस विरुद्धको भ्याक्सिन र औषधीहरु ‘ट्रायल’ कै चरणमा रहेका कारण पनि पछिल्लो सयम खुकुलो भएको लकडाउन र हटेको निषेधाज्ञाले कुनैपनि उत्साह दिन सकेको छैन । स्वदेशमा बस्नेहरु कुनैपनि गतिवीधिमा संलग्न हुन नपाएको भन्दै ६ महिनादेखी बन्दीसरह जीवन बिताउनुपरेको महशुस गर्दै निराश बनिरहेका छन् । यो परिस्थितीसँग जुध्न नसकेर कतिपयले आत्महत्याजस्तो गलत बाटो समातेको यो विषम परिस्थितीमा विदेशमा बस्नेहरु जो अध्ययन काम वा अन्य सिलसिलामा घरपरिवार छोडेर टाढाका मानिसको नियमनमा बस्दछन् उनीहरुको मनमा कस्तो किसीमको आँधीबेहरी चल्ला ? सहजै अनुमान गर्न सकिन्छ ।
यसैबीच गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ।
समितिका संयोजक डा. संजीव सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नैपर्ने भए सीमित संख्यामा र सामाजिक दूरी कायम गरेर गर्न आग्रह गरेका छन्।
डा. सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न अनुरोध गरेका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधारणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउन भनेका हुन्।
मानसिक तनावबाट सकेसम्म मुक्त हुन, एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगीत सुन्न र योग तथा ध्यान गर्न उनले आग्रह गरेका छन्। उनले भनेका छन्, ”कोभिड – १९’ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना जनवरी भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको छ । सचेत र सावधान रही अघि बढौँ ।”
विश्वभर त्रासदीपूर्ण रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीका कारण यो साता विदेशमा रहेका थप ४३ जना नेपालीको मृत्यु भएको छ ।
कोरोना महामारीका कारण साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको हो ।
यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।
यसैबीच कोरोना महामारीका कारण अलपत्र परेका रोजगारी गुमाएका, स्वास्थ्य समस्या भएका नेपालीहरुमध्ये प्राथमिकताका आधारमा हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ ।
प्राथमिकताको आधारमा उद्धार कार्य भइरहेको एनआरएनएले जनाएको छ ।
यसैबीच एनआरएनए स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्न अनुरोध गरेका छन् ।
विदेशमा पीसीआर परीक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टाईनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गरेका हुन् ।
यो पनि पढ्नुहोस् :
वैदेशीक रोजगारीको दर्दनाक दृश्य : जाँदा आकाशमा फर्किँदै बाकसमा, साउदीबाट मात्रै ६० शव आउन बाँकी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया