अचानक भारतीय गृहमन्त्री अमित शाह अस्पताल भर्ना

काठमाडौं । भारतीय गृहमन्त्री अमित शाह श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

हिजो राती ११ बजे उनलाई अस्पताल भर्ना गरिएको हो । कोरोना भाइरस संक्रमणबाट केहि दिन अगाडि मात्र मुक्त भएका मन्त्री शाहलाई श्वास फेर्न समस्या भएको बताइएको छ।

उनी केहि समयको लागि अस्पतालमै रहनुपर्ने बताइएको छ । अहिले कार्डियो न्यूरो टावरमा राखेर उपचार भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?