काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिले हरेक दिन लाखौँ मानिसहरु संक्रमित भएका छन् भने हजारौँ मानिसहरुको ज्यान गएको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्णरुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच अक्सफोर्ड यूनिभर्सिटी र एस्टजेनेका पीएलसीको तर्फबाट विकसित भईरहेको कोरोनाविरुद्धको भ्याक्सीनको ट्रायल बेलायतमा एक महिला भ्यालेन्टियर्स बिरामी भएपछि रोकिएको थियो । तर अब फेरि भ्याक्सीनको ट्रायल शुरु हुने भएको छ ।

यसबारेमा अक्सफोर्ड यूनिभर्सिटीले आफ्नो बयान जारी गरेको छ ।

अक्सफोर्डका अनुसार बेलायतमा रोकिएको ट्रायल अब फेरि शुरु हुनेछ । तर कहिलेबाट भन्ने कुरा भने बताइएको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया