काठमाडौँ, २४ फागुन- प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले समृद्धि आकाशबाट नबर्षने बताएका छन् । १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेमसँघ मकवानपुरले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले समृद्धिको लागि मेहनत आवश्यक रहेको बताए ।नेपालमा अव राजनीतिक आन्दोलनको युग सकिएको भन्दै मुख्यमन्त्री पौडेलले अव समृद्धिको आन्दोलन हुने बताए । समृद्ध नेपाल निर्माणको लागि हामीले पनि आफ्नो स्थानबाट सक्दो सहयोग र मेहनत गर्नुपर्ने भन्दै उनले प्रदेश नंबर ३ को विकासको लागि सबैले सहकार्य गर्नुपर्ने बताए ।नेपालको जनताले आफुहरुलाई विकासको लागि मतद दिएको भन्दै मुख्यमन्त्री पौडेलले भने “अव पनि हामीले केहि गर्न सकेनौ भने हामीलाई जनताले धिकार्नेछन्, हामीले के गरि समृद्धि प्राप्त गर्नुपर्छ भन्ने ध्यान गर्न जरुरी छ, अवको समय समृद्ध नेपाल निर्माणको समय हो ।”संविधानले महिलालाई सम्मान गरेको भन्दै मुख्यमन्त्री पौडेलले भने “महिलाहरु अब आरक्षण माग्ने हैन, आफ्नो क्षमता विस्तारतर्फ अघि बढनु पर्छ” नेपालको राजनीतिक आन्दोलनमा महिलाहरुको योगदान रहेको भन्दै उनले नारि शक्तिको सहयोग विना समृद्धि संभव नरहेको समेत उनले ब्यक्त गरे ।अनेमसंघ मकवानपुरकी अध्यक्ष पार्वती रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नंबर ३ का सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रियसभा सांसद रामचन्द्र राई, प्रदेश सांसदहरु जुनेली श्रेष्ठ, मुनु सिग्देल, अनेमसंघकी केन्द्रीय नेता पद्मा पौडेल, एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठ, नेता श्रीधर पोखरेल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्वाचित मुख्यमन्त्री सहितका सभामुख, सांसदहरुलाई सम्मान समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया