कोरोना कहर : भारतमा एकैदिन ११ सय भन्दा धेरैको मृत्यु

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख २४ हजार ५६२ जनाको मृत्यु भएको छ भने २ करोड ८९ लाख ३९ हजार ११० जनालाई संक्रमण भएको छ भने २ करोड ८ लाख ५ हजार ८७७ जना संक्रमण मुक्त भएका छन् भने ६० हजार ८९० जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण ७८ हजार ६१४ जनाको मृत्यु भएको छ भने ४७ लाख ५१ हजार ७८८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३६ लाख ९९ हजार २९८ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ७३ हजार ८७६ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शनिवार मात्रै ९४ हजार ४०९ जना संक्रमित थपिएका छन् भने १ हजार १०८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?