काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख २२ हजार ५ सय ७६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ८८ लाख ३८ हजार २ सय ५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ७ लाख १६ हजार ३ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९७ हजार ६ सय ७८ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १६ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६६ लाख ५२ हजार ७ सय २१ पुगेको छ । हालसम्म ३९ लाख २७ हजार ५७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ३ सय ४७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र २ सय ५७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७८ हजार ५ सय ५२ पुगेको छ । बितेको २४ घण्टामा ८५ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४७ लाख ४२ हजार ७ सय ४३ पुगेको छ । हालसम्म ३६ लाख ९३ हजार २ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार ४६ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा १३ हजार ९ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४२ लाख ९७ हजार ९ सय ४९ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३० हजार ८ सय ७० जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३५ लाख ३० हजार ६ सय ५५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण ३ सय ९६ जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ४ सय ८४ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४ सय ८८ जनामा कोरोना पुष्टि भएको र १ सय १९ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ५७ हजार ३ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ७३ हजार ५ सय ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा ३० हजार ४ सय ७० जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख १६ हजार ६ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ५२ हजार २ सय १४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ६९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
मेक्सिकोमा बितेको २४ घण्टामा ५ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६ लाख ५८ हजार २ सय ९९ पुगेको छ । हालसम्म कोरोनाको कारण ७० हजार १ सय ८३ जनाको ज्यान गएको र पछिल्लो २४ घण्टामा मात्र ५ सय ३४ मृतक थपिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म मेक्सिकोमा ४ लाख ६३ हजार ७ सय ६४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये २ हजार ८ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १५ हजार ३ सय ७८ पुगेको छ । हालसम्म ६ लाख ४६ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको र ५ लाख ७४ हजार ५ सय ३३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै चिलिमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ११ हजार ८ सय ९५ पुगेको छ । चिलिमा कुल संक्रमितको संख्या ४ लाख ३२ हजार ६ सय ६६ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ४ लाख ४ हजार ९ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने संक्रमितमध्ये ९ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्पेनमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २९ हजार ७ सय ४७ पुगेको छ । हालसम्म ५ लाख ७६ हजार ६ सय ९७ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये १ हजार १ सय ३६ जनाको अवस्था गम्भीर रहेको छ ।
बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ६ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख १ सय ७४ पुगेको छ । भने पछिल्लो २४ घण्टामा मात्र बेलायतमा कोरोनाको कारण १० जनाको ज्यान गएको छ । भने संक्रमितमध्ये ७९ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया