बेलायतमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार बढी कोरोना संक्रमित

काठमाडौं । बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४१ हजार ६ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख १ सय ७४ पुगेको छ । भने पछिल्लो २४ घण्टामा मात्र बेलायतमा कोरोनाको कारण १० जनाको ज्यान गएको छ । भने संक्रमितमध्ये ७९ जनाको ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख २२ हजार ५ सय ७६ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ८८ लाख ३८ हजार २ सय ५३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ७ लाख १६ हजार ३ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ११ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?