खोँचमा अड्किएका मानिसको सफल उद्धार

पोखरा, ९ असोज- पोखराको पृथ्वीचोकस्थित सेती नदीको खोँचमा खसेका एक युवकलाई प्रहरीले तीन घण्टाको प्रयासबाट सफल उद्धार गरेको छ ।पोखरा लेखनाथ महानगरपालिका–९ पृथ्वीचोक बसपार्कस्थित कृष्ण टोल बस्ने २२ वर्षीय मनोज सुनार सेती नदीको खोँचमा सतहदेखि अन्दाजी ७०÷७५ मिटर तल बीच भागमा अड्किएको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको हो ।पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर पल्लीमगरका अनुसार युवक खसेको खबर पाउनासाथ उद्धार टोलीले जोखिमपूर्ण खाँेचमा फसी घाइते अवस्थामा रहेका युवकलाई सफलतापूर्ण उद्धार गरिएको हो ।बिहान ७ बजेदेखि तीन घण्टाको प्रयासमा उद्धार गरिएका घाइते युवकलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा पठाइएको छ । क्षेत्रीय प्रहरी गण, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सो युवकको उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?