भोलीबाट भिसा सेवा सुचारु हुने

काठमाडौं । कोरोनाको कारण रोकिएको भिसा सेवा भोलीबाट सुचारु हुने भएको छ । अध्यागमन विभागले स्थगित भिसा सेवा आइतबारदेखि शुरु गर्न लागेको हो ।

कोरोना महामारीका कारण रोकिएको अन्तर्राष्ट्रिय उडान भदौ २६ गतेबाट सिमित मात्रामा खोल्ने निर्णय सरकारले गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय उडान खोलेसँगै हाल सीमित संख्यामा दैनिक ८ सय जना अन्तर्राष्ट्रिय उडान मार्फत नेपाल फर्किरहेका छन् ।

विभागका अनुसार सरकारले अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै दैनिक ३ हजारसम्म यात्रुलाई सेवा दिने तयारी गरेसँगै स्थगित भएको भिसा सेवा फेरि शुरु गर्न लागेको हो ।

त्यस्तै भिसाको म्याद सकिएकाहरुको हकमा भने असोज ११ गतेसम्म भिसा शुल्क मात्रै लिइ नविकरण गर्ने र कुनै पनि विलम्ब शुल्क नलाग्ने समेत विभागले जनाएको छ ।

त्यस्तै नेपालमा रहेका विदेशीहरुको हकमा भने अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सीमानाका स्थित अध्यागमन कार्यालयबाटै निशुल्क भिसा नियमित गरी प्रस्थान गर्न सक्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?