बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये ७०.९० प्रतिशत व्यक्ति संक्रमणमुक्त भएको राष्ट्रिय स्वास्थ्य सेवा निर्देशनालयले शनिबार जानकारी गराएको छ ।
निर्देशनालयका अनुसार बङ्गलादेशमा कूल संक्रमितमध्ये १.४० प्रतिशतको मृत्यु भएको छ ।
बङ्गलादेशमा विगत २४ घण्टामा संक्रमित पुष्टि भएका कोभिड–१९ विरामीको सङ्ख्या एक हजार २८२ रहेका छ भने ३४ जनाको मृत्यु भएको छ । यहाँ शनिवारसम्म संक्रमितको सङ्ख्या तीन लाख ३६ हजार ४४ पुगेको छ भने चार हजार ७०२ जनाको मृत्यु भइसकेको छ ।
बङ्गलादेशमा कोरोना भाइरस संक्रमण भई निको भएका व्यक्तिको आधिकारिक सङ्ख्या दुई लाख ३८ हजार २७१ रहेको छ । तथ्याङ्क अनुसार विगत २४ घण्टामा संक्रमणमुक्त हुने कोभिड–१९ संक्रमितको सङ्ख्या भने दुई हजार २४७ रहेको छ ।
बङ्गलादेशमा सबैभन्दा बढी संक्रमित भएको दिन जुलाई २ हो । उक्त दिन चार हजार १९ जना एकै दिन संक्रमित भएका थिए । त्यस्तै जुन ३० मा कोरोना भाइरसका कारण एकै दिनमा सबैभन्दा धेरै मृत्यु रेकर्ड भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया