आलुको फेसप्याकबाट अनुहारमा चमक ल्याउने घरेलु उपाय

एजेन्सी । अनुहारमा देखिएको दाग, आँखा वरिपरीको कालो धब्वालाई घरेलु सामाग्रीले नै हटाउन सकिन्छ । आलुको रसले आँखा वरिपरि देखिने डार्क सर्कल कम गर्न सकिन्छ । छालामा चमक ल्याउन र दाग धब्बा हटाउन पनि आलुको प्रयोग गर्न सकिन्छ ।आलुको टिस्यु फेसप्याकः– आलुको रसले टिस्यु पेपर भिजाउनुस् र अनुहारमा लगाउनुस् । करिब २० मिनेटपछि धुने । तर, अनुहारमा टिस्यु पेपरलाई आँखा र नाकको वरपर लगाउनबाट जोगिनुपर्छ । यो उपायलाई सातामा दुई वा तीनपटक गर्नुपर्छ । यसो गर्दा अनुहारमा चमक ल्याउछ ।आलु र अण्डको फेसप्याकः– आधा आलुको रसमा एउटा अण्डाको सेतो भाग मिसाएर धोल्ने र अनुहार गर्धनमा लगाउने त्यसलाई २० मिनेटपछि धुनाले यसो गर्दा अनुहारमा चमक ल्याउछ ।आलु र बेसारको फेसप्याकः– आलु र बेसारको फेसप्याक नियमित उपयोग गर्नाले छालाको टोन र रंग हल्का हुन्छ । आधालाई स–साना टुक्रा बनाएर एक चिम्टी बेसार मिसाउनुस् र यसलाई अनुहार र गर्धनमा लगाउनुस् । आधा घण्टापछि यसलाई सफा पानीले धुने ।आलु र मुल्तानी माटोको फेसप्याकः–यो फेस प्याकले छालामा निखार ल्याउनुका साथै रंगलाई पनि चम्किलो बनाउँछ । साथै, डण्डीफोर भएको छाला सुन्निने कम गर्न सहयोगी हुन्छ । यो फेस प्याक बनाउन नतासेको आधा आलुको पेस्ट बनाउनुस् । यसमा ३–४ चम्चा मुल्तानी माटो र केही थोपा गुलाब जल मिसाउनुस् । यो पेस्टलाई अनुहार र गर्धनमा लगाउनुस् र ३० मिनेट पछि धुने ।आलु र दूधको फेसप्याकः– आधा आलु तासेर त्यसबाट रस निकाल्नुस् र यसमा दुई चम्चा काचो दुध मिसाउने । यसलाई राम्रोसँग मिसाएर अनुहार र गर्धनमा प्युरीको मद्दतले लगाउने । त्यसलाई २० मिनेटपछि धुने यो प्रक्रिया एक सातामा तीनपटक प्रयोग गर्नाले अनुहारमा निखारता आउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?