नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३७ हजार नाघ्यो, कुन प्रदेशमा कति ? (विवरणसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ रहेको छ ।
कुल संक्रमित मध्ये ७०.६ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति भए संक्रमण मुक्त ?

प्रदेश १ मा ३३९० जना

प्रदेश २ मा १०५२३ जना

वाग्मती प्रदेश ६८२० जना

गण्डकी प्रदेशमा २१९९ जना

प्रदेश ५ मा ६३१२ जना

कर्णाली प्रदेशमा २४८४ जना

सुदूरपश्चिम प्रदेशमा ५७९६ जना

यस्तै, बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १७६ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ समेत गरी ४१६ जना महिला र ७८५ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार १५३ जना र संस्थागत आईसोलेसनमा ९ हजार १०७ जना छन् । तिमध्ये १६० जना संक्रमितको आईसियु र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३५४ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी, सर्लाही, चितवन, ललितपुुर र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३३६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १४ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?