१३ आश्विन २०८०, शनिवार

समृद्धिका लागि एकतावद्ध भएर लाग्नुपर्छः अध्यक्ष गच्छदार

२०७४,आश्विन,९,सोमवार १५:०९

0
Shares

इटहरी, ९ असोज- नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले राज्यको हरेक तहमा समान सहभागिता गराउने अभियानमा आफूले जिम्मेवार भूमिका खेलेकै कारण आज मधेशवासीले समान अवसर पाउने अवस्थाको विकास भएर गएको बताउनुभएको छ ।सो पार्टीले आज सुनसरीको इनरुवामा आयोजना गरेको पार्टी अगुवा कार्यकर्ता भेला तथा चाड विशेष समारोहमा उहाँले भन्नुभयो – “आफ्नो हकअधिकार, स्वाभिमान र सम्मानका लागि मधेशवासीले गरेको आन्दोलनलाई राज्यले उपेक्षा गरिरहेका बेला आफूले कठोर भई सो आन्दोलनको पक्षमा अडिग भएर काम गरेको हुँदा उनीहरुले समान अवसर पाउने वातावरण विकास भएर गएको हो ।”अध्यक्ष गच्छदारले मधेश आन्दोलनका क्रममा ज्यान गुमाउनु परेकोका सबैलाई शहीद घोषणा गराउनेदेखि घाइतेको शीघ्र उपचार एवमं विभिन्न मुद्दामा फसाइएकालाई मुद्दा फिर्ता गराउने विषयमा पनि आफूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै पहाडी होस् वा मधेशी, हरेक नेपालीले समान अवसर र प्रतिनिधित्व पाउनुपर्छ भन्ने मान्यतालाई स्थापित गराउन आफूले ठूलो योगदान गरेको बताउनुभयो । अहिलेको संविधान अपरिवर्तनीय नभएकाले जनताको चाहना र आवश्यकता बमोजिम यसमा क्रमश संशोधन हुँदै जाने बताउँदै उहाँले भन्नुभयो – “ नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिको संस्थागत विकासका लागि सम्बन्धीत सबै पक्षले इमान्दारी प्रयास गर्न सक्नुपर्दछ ।”प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका अध्यक्ष गच्छदारले मुलुक समृद्ध भए मात्र नेपालीको भाग्य र भविष्य सुन्दर भई संविधानको समेत सफल कार्यान्वयन सम्भव हुनेमा जोड दिदैं मुलुकको समृद्धिका लागि सबैले व्यक्तिगत तथा राजनीतिगत स्वार्थ त्यागेर सामूहिकताको भावनालाई पालन गरी अगाडी बढ्नुपर्दछ भन्नुभयो ।“हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै नेपाली हौँ भन्ने भावनाले प्रेरित भएर मुलुकको समृद्धिका लागि एकतावद्ध भएर लाग्नुको विकल्प छैन्,” उहाँले भन्नुभयो ।पार्टीका जिल्ला अध्यक्ष प्रदीप चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

प्रकाशित मिति: २०७४,आश्विन,९,सोमवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा पूर्व बागमती प्रदेश वन तथा वातावरण मन्त्री विशाल खड्काले भ्रष्टाचारका चाङ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने

सुर्खेत। नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०