काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै एकैपटक ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा शनिवार थपिएका ४३१ जना कोरोना संक्रमित मध्ये ३७७ जना कोरोना संक्रमित काठमाडौं जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार २०१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १७६ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ समेत गरी ४१६ जना महिला र ७८५ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ८५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ । यो कुल संक्रमितको ७०.६ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार १५३ जना र संस्थागत आईसोलेसनमा ९ हजार १०७ जना छन् । तिमध्ये १६० जना संक्रमितको आईसियु र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ३५४ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी, सर्लाही, चितवन, ललितपुुर र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३३६ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १४ जनाले ज्यान गुमाएका छन् ।
हिजो शुक्रवार नेपालमा १ हजार ४५४ जनामा संक्रमण पुष्टि भएको थियो । ९७२ जना संक्रमणमुक्त भएका थिए भने ५ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया