काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्व्मा ने व्याप्त छ । कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित भएका छन् ।
चीनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिम साता पहिलोपटक देखिएको कोरोनाको संक्रमण अहिलेसम्म विश्व्का २१५ वटा देशहरुमा फैलिसकेको छ ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
यसैबीच अमेरिकी वैज्ञानिकहरुले सामान्य लक्षणका बच्चाहरुबाट पनि कोरोना भाइरसको संक्रमण फैलिने बताएका छन् ।
यो अमेरिकाको उटा राज्यमा अध्ययन गरेको रिसर्चरहरुले बताएका छन् । १२ जना बच्चाहरु पहिला कोरोना संक्रमित भएको र उनीहरुबाट नै पछि १२ जना पनि संक्रमित बनेको वैज्ञानिकले बताएका हुन् ।
रिसर्चर्सले अमेरिकाको सेन्टर फर डिसीज कन्ट्रोल एण्ड प्रिभेन्सनको रिपोर्टबाट यो जानकारी दिएका हुन् ।
साल्ट लेकमा अप्रिलबाट जुलाईसम्म सामान्य लक्षण भएका तीन बच्चाहरुबाट १८४ जना अन्य मानिस संक्रमित भएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया