९ वर्षपछि ओपनिङ गेममै हार्यो पीएसजी

काठमाडौं । फ्रान्सको फुटबल लीग लीग १ को नयाँ सीजन शुरु भएको छ । तर डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) पहिलो खेलमै पराजित भएको छ ।

पीएसजी पहिलो खेलमा नै दोश्रो डिभिजनबाट आएको क्लव लेन्सले पराजित गरेको हो । योसँगै खेलको पहिलो गेममे पीएसजी लेन्ससँग १ ० ले हारेको छ ।

घरेलु मैदानमा लेन्सका इगनेटियस गनागोले ५७ औँ मिनेटमा गोल गरेका थिए । पीएसजीले ९ वर्षपछि पहिलो ओपनिङ म्याच हारेको छ ।

पीएसजीको म्याचमा स्टार नेयमार, किलियन एम्बाप्पे, माउरो इकार्डी, एन्जेल डि मारिया कीलर नवासले खेलेका थिएनन् । उनीहरु कोरोना संक्रमित भएको कारणले उपचाररत छन् । स्टेडियममा ५ हजार दर्शकहरु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?