मध्यरातमा तीनकुनेमा टिपरको ठक्करबाट एकको मृत्यु

काठमाडौं । टिपरको ठक्करबाट राजधानीमा एक जनाको मृत्यु भएको छ । गएराति राजधानीको तीनकुनेमा चललिच क्षेत्रमा कार्यरत अनिल गौतमको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

भक्तपुर कौशलटार बस्ने ५५ वर्षीय गौतम चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश–३–०१–००३ क४५६३ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

कोटेश्वरबाट एयरपोर्टतर्फ जाँदै गरेको टिपरले बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको गौतम सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?