काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख १९ हजार ५७५ जनाको मृत्यु भएको छ भने २ करोड ८६ लाख ४८ हजार ४८२ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै २ करोड ५ लाख ७४ हजार २५७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६० हजार ८८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ९७ हजार ४२१ जनाको मृत्यु भएको छ भने ६६ लाख ३६ हजार २४७ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ३९ लाख १७ हजार ९६२ जना संक्रमण मुक्त भएका छन् भने २५ लाख २० हजार ८६४ जना उपचाररत छन् । त्यस्तै १४ हजार ३४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यस्तै अमेरिकाको क्यालिफोर्नियामा १४ हजार २६२ जनाको मृत्यु भएको छ भने ७ लाख ५५ हजार ७१४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै टेक्सासमा ६लाख ८६ हजार ४७१ जनालाई संक्रमण भएको छ भने १४ हजार ३४५ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म१२ हजार ५०७ जनाको मृत्यु भएको छ भने ६लाख ५८ हजार ३८१ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शुक्रवार ४६ हजार ६०० जनालाई संक्रमण भएको छ भने १ हजार ९४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया