कोशी अस्पताललाई मेसिन हस्तान्तरण

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरस परीक्षणका लागि आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताल विराटनगरलाई हस्तान्तरण गरेको छ ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईलाई शुक्रवार उक्त मेसिन हस्तान्तरण गरे ।

निजी क्षेत्रका उद्योगी, व्यवसायी, विभिन्न संस्था तथा व्यक्ति मिलेर खरीद गरी महानगरपालिकालाई हस्तान्तरण गरिएको सो मेसिनको मूल्य ३२ लाख रहेको सोही अवसरमा जानकारी दिइयो ।

यसले धेरैजानाको परीक्षणको रिपोर्ट चाँडो दिने अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा चुमनलाल दासले बताए ।

मेसिन सञ्चालनमा आएपछि २४ घण्टाका अवधिमा एक हजार पाँच सयको स्वाब परीक्षण गर्न मिल्ने छ । महानगरले यसअघि एक थान पिसिआर मेसिन अस्पताललाई प्रदान गरेको छ ।

महानगरपालिका प्रमुख पराजुलीले जनताको स्वास्थ्य सुरक्षामा सक्दो काम गर्ने बताउँदै प्राप्त मेसिनवाट नगरवासीले सहज र छिटो रिपोर्ट पाउनेछन् भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?