कञ्चनपुर, २४ फागुन – दातृ निकायको सहयोगमा जिल्लामा दशवटा भूकम्प प्रतिरोधि विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।विल्ड अन नेपाल र विद्यालयको साझेदारीमा तीन कोठे दश वटा विद्यालय भवन निर्माण भइरहेको छ । भौतिक पूर्वाधारको अभाव खेप्दै आएका आधारभूत विद्यालयलाई प्राथमिकतामा राखी भवन निर्माण भइरहेको विल्ड अनका धनगढी कार्यालय प्रमुख निर्मला चौधरीले बताए ।शुक्लाफाँटा नगरपालिकामा सातवटा तथा लालझाडी गाउँपालिकामा तीनवटा विद्यालय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि विल्ड अनले फलामे छड, सिमेन्ट, दक्ष डकर्मी, प्राविधिक, फलामे झ्याल, भेन्टिलेसन गरी रु २२ लाखदेखि रु २५ लाखका दरले विद्यालयलाई सहयोग उपलब्ध गराएको छ । विद्यालयले ढुंगा, गिट्टी, बालुवा र जनश्रमदानको व्यवस्था गरेका छन् ।“अधिकांश विद्यालय निर्माण अन्तिम चरणमा पुगेको छ,” चौधरीले भने । निर्माणाधीन दशवटा विद्यालयसँगै हालसम्म कञ्चनपुरमा ३९ वटा विद्यालय भवन निर्माण गरिएको उहाँले बताउनुभयो । विल्ड अनकै सहयोगमा कैलालीमा ११८ वटा विद्यालय भवन निर्माण भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया