काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख १६ हजार ८ सय १५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड ८५ लाख २० हजार ८ सय ९७ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड ४ लाख ६७ हजार ४ सय ९३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ८ सय ५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९६ हजार ७ सय ६२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १९ हजार २ सय ५५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६६ लाख ७ हजार ४ सय १५ पुगेको छ । हालसम्म ३८ लाख ८३ हजार ७ सय ४१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ५ सय ५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७६ हजार ४ सय ६१ पुगेको छ । बितेको २४ घण्टामा ९३ हजार ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४६ लाख ५३ हजार ३ सय २ पुगेको छ । हालसम्म ३६ लाख १६ हजार २ सय ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण १ हजार १ सय ५७ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ११ हजार ६ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४२ लाख ५१ हजार ४ सय ५५ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख २९ हजार ८ सय ६५ जनाको ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार ३४ लाख ४९ हजार ३ सय ३७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बितेको २४ घण्टामा कोरोनाको कारण २ सय ९० जनाको ज्यान गएको छ ।
त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ३ सय ६५ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५ सय ४ जनामा कोरोना पुष्टि भएको र १ सय २ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ५१ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ८ लाख ६८ हजार १ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पेरुमा हालसम्म पेरुमा ३० हजार ३ सय ४४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख १० हजार ६७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ५ लाख ४४ हजार ७ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ४ सय ६० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया