भक्तपुर । भक्तपुर नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिए रहेको भन्दै नगरपालिकाले रोक लगाएको हो ।
नगरभित्रबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका रुट नं. १, रुट नं. ७ र रुट नं. ९ मा चल्ने छोटो दुरीका यातायातहरू ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरप्रमुख सुनिल प्रजापतिले बताए ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकबाट भने १६ जना भन्दा बढी सिटका गाडीलाई जोर—बिजोर प्रणाली लागू गरी संचालन गर्ने निर्णय भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया