भक्तपुर घटनामा छिमेकीको बयान : तीन दिनअघि देखी बन्द थियो मृतकको किराना पसल

काठमाडौं । भक्तपुरमा भएको विभत्स घटनापछि मृतकका छिमेकीले तीन दिनअघि देखी मृतकको किराना पसल बन्द भएको बयान दिएका छन् । घटनास्थल नजिकैका छिमेकी लक्ष्मी लामाका अनुसार तीन दिनदेखि उक्त घरका सदस्य बाहिर निस्किएका थिएनन् ।

उनले भनेकी छिन् “घर सुनसान थियो । पसल पनि बन्द थियो । तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको बताउँदै उनले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि” भन्ने आफूलाई लागेको बताईन् ।

मृतक सुदिप अधिकारीका भाई सुनिल अधिकारी घरमा जाँदा घरको ढोका खुल्लै थियो । उनी शुक्रवार साँझ घटनास्थल भएको घर पुग्दा घरको ढोका खुल्लै भएको र त्यसपछि क्रमशः कुकुर, भाउजू सम्झना, दाजु सुदीप र भतिजाको मृत शरीर देखेपछि प्रहरीलाई खबर गरेको अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।

घरको दोस्रो तल्लामा सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा छोरा सुशान्त अधिकारीको शव र त्यसभन्दा माथिल्लो तलामा बुबा सुदिप अधिकारीको शव गन्हाएको अवस्थामा भेटिएको थियो ।

घटना थाँहा पाएका जनप्रतिनिधिले शव हेरेपछि एकदमै गनाएको र फुलेको अवस्थामा रहेकोले हत्याको आशंका लागेको बताउँदै सत्य तथ्य प्रहरीको अनुसन्धानबाट पत्ता लाग्ने प्रतिकृया दिएका छन् ।

मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान महाशाखा र सिआईबीको टोली घटनास्थलमा अनुसन्धान गर्दै छ । घटनाको प्रविधिकदेखी अन्य पक्षबाट अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नमिल्ने प्रहरीले बताएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?