काठमाडौं । कोरोना संक्रमण देखिएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य गोप्य ढंगले पाँचतारे होटलमा बसेको खुल्न आएको छ ।
उच्च स्रोतका अनुसार कोरोना संक्रमण देखिएकी उनकी श्रीमतीसहित शाक्य सोल्टी होटलमा बसेको खुलेको हो ।
पछिल्लो समय काठमाडौंसहित देशभर नै कोरोना संक्रमण बढिरहेको छ । काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढिरहेका बेला जोखिम न्यूनिकरणका लागि उनका ठोस निर्णय सहितका प्रभावकारी काम देखिएका छैनन् । कोरोना संक्रमण जोखिम न्यूनिकरणका बेला मात्र नभएर अन्य समयमा समेत महानगरबासीको लागि प्रभावकारी काम गर्न नसकेको आरोप मेयर शाक्यमाथि रहेको छ ।
गत भदौ १५ गते सोमवार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनकी श्रीमतीमा उच्च ज्वरो आएपछि नियमित परीक्षणका क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कोरोना पुष्टि भएको थियो । उनका कोरोना पुष्टि भएपछि आफू महानगरबासीलाई कोरोनाबाट जोगाउने अभियानका क्रममा कोरोना पुष्टि भएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया