प्रदेश नं. १ स्तरीय महोत्सवमा दुई करोडको कारोबार

उदयपुर, २४ फागुन । सदरमुकाम गाईघाट बजारस्थित त्रियुगा बसपार्क परिसरमा सञ्चालन भइरहेको दशदिने प्रदेश नं १ स्तरीय माहेत्सवमा अहिलेसम्म रु दुई करोडभन्दा बढीको कारोबार भएको छ ।यही फागुन १५ गतेदेखि सञ्चालन भएको उक्त प्रदेशस्तरीय महोत्सवमा बुधबारसम्म सो रकम बराबरको आर्थिक कारोबार भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले जानकारी दिए ।त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सव शुक्रबारसम्म सञ्चालन हुनेछ । महोत्सवमा प्रदेश नं १ का १२ जिल्लाका व्यापारी तथा उद्यमीले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?