काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १ जना महिला र ४ जना पुरुष रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुने महिलामा मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, काठमाडौंका ७० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया