काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ७०१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार नेपालका ५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ५ जिल्ला
- काठमाडौं
- चितवन
- सर्लाही
- रुपन्देही
- सुनसरी
यस्तै, काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ समेत गरी ४६३ जना महिला र ९९१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
बितेको २४ घण्टामा थप ९७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १४ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार ६३४ जना र संस्थागत आईसोलेसनमा ८ हजार २९१ जना छन् । तिमध्ये १७० जना संक्रमितको आईसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ७८ जना रहेका छन् । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३२२ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया