केन्द्रीय कारागारका ४ जना कैदीमा मृत्युपछि कोरोना पुष्टि

काठमाडौं – काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका ४ जना कैदीमा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ ।

गत भदौ १६ गते मृत्यु भएका ३ जनामध्ये एकजनामा मृत्युअघि नै कोरोना पुष्टि भएको र भदौ १९ गते ज्यान गुमाएका १ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको केन्द्रीय कारागारकै अस्पतालमा उपचार भइरहेको थियो ।

मृत्युपछि कोरोना पुष्टि भएका ४ जना कैदीमध्ये २ जना जबर्जस्ती करणी र २ जना कर्तव्य ज्यान मुद्धामा सजाय काटिरहेका थिए ।

‘कोभिड – १९’ को संक्रमणको असर कैदीबन्दीमा पनि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?