काठमाडौं – धनगढीमा रहेको दिनेश सञ्चार गृहमा छिरेर पत्रकारमाथि एक समूहले आक्रमण गरेको छ ।
धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्याु शीर्षकको समाचारको विषयलाई लिएर पत्रकारमाथि कुटपिट भएको हो ।
कुटपिटमा उत्रेको सो समूहले उक्त समाचार हटाउन दबाब दिँदै धनगढीका १५ २० जना युवाको समूहले पत्रकारमाथि हातपात गरेको बुझिएको छ । सो समूहले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् । यसैबीच नेपाल पत्रकार महासंघ कैलाली लगायत विभिन्न संघसंस्थाले यो घटनाको घोर आपति जनाउँदै दोषी उपर कारवाही माग गरेका छन् ।
समाचारको विषयमा कुनै विमति भए त्यसको समाधानका लागि कानुनी बाटो हुँदाहुँदै एकाएक सञ्चार गृहमा तथा पत्रकारमाथि आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकारले असुरक्षित महसुस गर्नुपरेको महासंघको बुझाइ छ, महासंघका सचिव मीन ठकुरीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।
धनगढी उपमहानगरपालिका – १ बाट चोरी मुद्धामा गत भदौ २२ गते पक्राउ परेका एक १९ वर्षीय युवकले शौचालयमा पासो लगाएर आत्महत्या गरेका थिए। -सांकेतिक तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया