नेकपा स्थायी कमिटी बैठकमा माधव नेपालको यस्तो आक्रोश

काठमाडौं । आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा विवाद देखिएको छ ।

नेकपाका दुइ अध्यक्षबीचको पदीय विवाद मिलान बिन्दुमा लैजानका लागि महत्वपूर्ण मानिएको बैठकमा पार्टी वरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरुले विविध विषयहरुमा असन्तुष्टि जनाएका छन् । आजको बैठकमा वरिष्ठ नेता नेपालसहित ९ जना नेताहरुले आ आफ्ना तर्कहरु प्रस्तुत गरेका थिए । देव गुरुङ, लिलामणी पोखरेल, धनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्त लगायतले आफ्नो तर्क प्रस्तुत गर्दै पार्टीप्रतिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ नेता नेपालले दुई अध्यक्षले परिमार्जन गरि ल्याएको प्रस्तावमा एक व्यक्ति एक पदको कुरा सम्बोधन नभएकामा असन्तुष्टि जनाएका हुन् । साथै उनले प्रतिवेदनले पार्टीभित्रको कार्यविभाजनका विषयमा अस्पष्ट रहेकाले आक्रोश समेत व्यक्त गरेका छन् ।

बैठक शुरु भएको केही समयपछि नै प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका थिए । भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षमतामा बैठक बसेको थियो ।

गत साउन ३० गते नेकपाको आन्तरिक विवाद समाधानको लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा दुई अध्यक्षले परिमार्जन गरी आज बैठकमा पेश गर्ने कार्यक्रम रहेको थियो ।

यो पनि

शुरु भयो सत्तारुढ नेकपा स्थायी कमिटी बैठक, मिल्ला त कुरो ?

नेकपा स्थायी कमिटी बैठक : केहिबेरमै बाहिरिए प्रधानमन्त्री ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?